Harsamaya
वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परीक्षण हुँदै
राप्रपा नेपालका अध्यक्ष कमल थापा ।

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ ।

राजावादी आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको हो ।

नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरूलाई भद्रकालीस्थित परिसरमा राखिएको थियो ।  

नक्सालबाट बालुवाटारतर्फ जान लाग्दा राजावादी समूहसँग विवाद भएपछि थापासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  उनलाई छाडने नछाड्ने अझै कुनै टुंगो लागेको छैन । 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update