पाटन दरबार क्षेत्रमा पर्यटकलाई कलात्मक अत्याधुनिक शौचालय
आइतबार, वैशाख २१, २०८२
शौचालय सुरुवातको जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पुरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए । उनले भने, ‘ हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ । ’
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू (भिडियोसहित)
आइतबार, वैशाख २१, २०८२
आज आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई दिन बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको हुन् ।
केपी ओलीलाई गिज्याउनेको भविष्य अन्धकार हुन्छः राधिका शाक्य
आइतबार, वैशाख २१, २०८२
‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि, उहाँहरूको नै भविष्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै खुट्टामा बन्चरो हान्नु भएको छ, उहाँहरूको सन्तान र दर सन्तानको भविष्य अन्धकार भइरहेको छ भन्ने मेरा विश्वास छ’ उनले भनिन् ।
तीन दिनसम्म पानी पर्ने: सर्तकता अपनाउन अनुरोध
आइतबार, वैशाख २१, २०८२
जल तथा मौसम विभागले आइतबारदेखि देशभरि तीन दिनसम्म पानी पर्ने तथा हिमाली भेगमा हिउँ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
अष्ट्रेलियामा अल्बानीज नेतृत्वको लेबर पार्टी विजयी नजिक
आइतबार, वैशाख २१, २०८२
प्रधानमन्त्री एन्थोनी अल्बानीजको नेतृत्वमा रहेको अष्ट्रेलियाली लेबर पार्टीले देशको संघीय चुनावमा दोस्रो कार्यकालको लागि सत्तामा स्थान सुरक्षित गरेको छ ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
आइतबार, वैशाख २१, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।
रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
आइतबार, वैशाख २१, २०८२
ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनिको दाहिने खुट्टा,ढाड र अन्डकोषमा गम्भीर चोट लागेको थियो। सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
एनआरएनए एकता महाधिवेशन : अध्यक्षमा महेश श्रेष्ठ निर्विरोध
आइतबार, वैशाख २१, २०८२
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचनबाट अधिकांश पदमा निर्विरोध नेतृत्व चयन गरिएको हो । समितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी निर्विरोध भएका हुन् ।
कान्ति र पूर्व पश्चिम राजमार्ग अझै अवरुद्ध, अरू तीन राजमार्ग एकतर्फी सञ्चालन
आइतबार, वैशाख २१, २०८२
यस्तै, विनयी त्रिवेणी गाउँपालिका -१ मा बाढी आएर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । यस्तै, पृथ्वीलोक मार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका-२ कोप्लाङमा सडक एकतर्फी खुलेको छ । जहाँबाट साना सवारी साधनमात्रै सञ्चालनमा आएका छन् ।
जानकी नवमीमा राष्ट्रिय बिदाको माग, जनकपुरमा दबाब र्याली
आइतबार, वैशाख २१, २०८२
यसअघि वैशाख ७ गते साधु–सन्तहरूको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा जानकी नवमीमा प्रत्येक वर्ष राष्ट्रिय बिदा दिनुपर्ने र जनकपुरलाई राष्ट्रिय गौरवको सूचीमा राखिनुपर्ने माग गरिएको थियो । तर, अहिलेसम्म सरकारबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
मौखिक आदेशमा भुक्तानी नदिँदा मेयरले कुटे अधिकृतलाई, कर्मचारी आन्दोलित
आइतबार, वैशाख २१, २०८२
मौखिक आदेशको भरमा कानुन विपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले दुखेसो पोखेका छन्।
सोलुखुम्बुको गौरीटापमा गेट वे टु एभरेष्ट
आइतबार, वैशाख २१, २०८२
दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको निर्देशक घिमिरेले बताए । सहभागीले विवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्ने निर्देशक घिमिरेले बताए । काठमाडौंबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथा लगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो । समुन्द्री सतहबाट...
सिरहामा दुई थान बन्दुक फेला
आइतबार, वैशाख २१, २०८२
उनले भने, ‘शिकारीहरुले आपगाछी क्षेत्रमा दुईथान भरुवा बन्दुक फालिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक साहले बताए। उनले भने, ‘शिकारीहरूले सिकार खेल्ने क्रममा बन्दुक पड्काएको सूचना आएपछि हामी घटनास्थलमा पुगेर खोजतलास गर्दा बन्दुक फेला पारेको हो।’
साताको लोकप्रिय

