लायन्स कप भलिबलमा एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आइतबार, वैशाख २१, २०८२
दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले अब उपाधिका लागि इरानी टोलीसँग खेल्नेछ ।
राजनीतिक स्थायित्व खलबल्याउन खोज्ने पक्ष कमजोर भएको एमालेको निष्कर्ष
आइतबार, वैशाख २१, २०८२
साथै एमालेले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने टिप्पणी गरेको छ । उपमहासचिव ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने बताए ।
मेडिकलबाटै लागू औषधको कारोबार, सञ्चालक पक्राउ
आइतबार, वैशाख २१, २०८२
आरोपी साहले बिना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागू औषधको कारोबार गर्दै आएका थिए। साहले औषधी व्यवसायको नाममा लुकिछिपी लागू औषधको कारोबार गर्दै आएको सूचनाको आधारमा प्रहरीले रेकी गर्दै आएको र आज छापा मारको डिएसपी राईले बताए ।
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
आइतबार, वैशाख २१, २०८२
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
विकल पौडेललाई २ वर्ष कैद, १३ करोड ५८ लाख जरिबाना
आइतबार, वैशाख २१, २०८२
सरकारी पदमा रहँदा रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको पौडेललाई थप १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिबानाको सजाय पनि तोकिएको छ। विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो ।
टिआरसीबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल
आइतबार, वैशाख २१, २०८२
सो भेटमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नीप्रसाद खरेल र माओवादी सचिव वर्षमान पुन पनि सहभागी रहेका थिए ।
तराई मधेस झरेको माओवादी अब पहाड उक्लने
आइतबार, वैशाख २१, २०८२
आइतबार खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा (सूचनासहित)
आइतबार, वैशाख २१, २०८२
साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
सहिद परिवारका सदस्यहरू गृह मन्त्रालय अगाडि धर्नामा (भिडियोसहित)
आइतबार, वैशाख २१, २०८२
आफ्ना समस्या सुनाउन आउँदा गृहमन्त्री राज कुमार लेखीले बेवास्ता गरेको आरोप पोखरीया नगरपालिकाबाट आएका सहिद चन्दन पटेलका पिता अवधेश प्रसाद पटेलले लगाएका छन् ।
स्रष्टा र साहित्यकारलाई सम्मान र सहयोग गर्न राष्ट्रपतिको आग्रह
आइतबार, वैशाख २१, २०८२
‘जहाँनीया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, राष्ट्रपति पौडेलले भने ।
सेयर झिनो अंकले घट्यो
आइतबार, वैशाख २१, २०८२
आज नौ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । ११७ कम्पनीको सेयर मूल्य बढ्यो । १२८ कम्पनीको सेयर मूल्य घट्यो ।
एनआरएनएमा दुई अध्यक्ष !
आइतबार, वैशाख २१, २०८२
विभिन्न मुद्दा मामिलाका कारण एनआरएनए १०औँ महाधिवेशनदेखि नै चरम विवादमा पर्दै आएको छ । सर्वोच्च अदालतले २०८० चैत २१ गते एकताको महाधिवेशन गराउन परमादेश दिएको थियो । त्यस्तै २०८१ साउन २२ गते न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले डा.केसीकै समितिलाई काम गर्न सहज बनाएको थियो । उनको कार्यकाल अक्टोबरमा...
उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण
आइतबार, वैशाख २१, २०८२
आजको बैठकमा सांसदहरूले सो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको मृत्यु हुने क्रम नरोकिएको भन्दै सांसदहरूले प्रश्न उठाए पछि अध्यक्ष दाहालले सरकारको नाममा ध्यानाकर्षण गराएका हुन् ।
साताको लोकप्रिय

