 
                                                            काठमाडौं - आज २०८२ असार ४ गते बुधबार। आजको दिन तपाईको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने संकेतसहित आएको छ। जुन राशि भए पनि आजको राशिफलले केही न केही सन्देश अवश्य बोकेको छ - कसैका लागि पदोन्नतिको मौका त कसैका लागि पारिवारिक मेलमिलापको संकेत। आजको दिन तपाईँको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ। आफ्नो राशि अनुसार हेर्नुहोस् आजको विशेष राशिफल:
मेष : काममा सफलता मिल्नेछ । आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मिहिनेतले मान सम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्।
वृष : खर्च भए पनि विभिन्न अवसर प्राप्त हुनेछ । व्यावसायिक अल्झन देखा पर्ला । आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ। सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । भइपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।
मिथुन : नयाँ काम सुरु गर्ने मौका मिल्नेछ । महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्ने समय छ। पारिवारिक सद्भाव बढ्नेछ ।
कर्कट : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ । सुख दुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।
सिंह : रमाइलो यात्रा हुन सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेममा सफलता मिल्नेछ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।आँटेका काम बन्नाले जोस जाँगर बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ। रोजगारीको नयाँ अवसर मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । लक्ष्यमा पुग्न समय लाग्नेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने हुन सक्छ।
कन्या : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। उत्साह र स्फूर्ति बढ्नेछ । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ । कामको चाप बढ्नेछ। असन्तुलित खानपानले पेटको समस्या आउन सक्छ । स्वास्थ्यका लागि व्यायाम तथा खानपिनमा ध्यान पुर्याउनुहोला।
तुला : प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। रमाइलो यात्राको योग रहेको छ । साथीभाइसँग भेटघाटमा मन खुसी रहनेछ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् भने नयाँ काम सुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ ।विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
वृश्चिक : घरायसी काममा रुचि बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ। काममा चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउने छ । अरूको विश्वास सजिलै जित्न सकिनेछ । मन प्रसन्न रहनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ। धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ ।
धनु : मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन्। परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा अलि विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुचि बढ्नेछ ।
मकर : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। टाढिएका साथीभाइ नजिकिनाले सुख दुखमा साथ दिनेहरू भेटिनेछन्। काममा विभिन्न अवसर पाइनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले साथीभाइ टाढिन सक्छन्, सजग रहनुहोला । मनोरञ्जनमा मन जानेछ ।
कुम्भ : फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ। शत्रुहरू पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मीन : अध्ययन अध्यापनमा प्रगति हुनेछ। प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। धेरै बोल्दा समस्या आउन सक्छ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । सानोतिनो समस्या आए पनि नियमित काम सम्पादन हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् ।


 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    