नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा उडे
बुधबार, जेठ ७, २०८२
तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै भट्टराईलाई पुनः कार्यमा फर्काइएको थियो । अहिले उनी कार्यालयमा अनुपस्थित छन् । स्रोतका अनुसार हाल उनी क्यानाडामा छन् ।
नागढुङ्गा–नौबिसे सडकखण्ड १६ दिनसम्म साढे ४ घण्टा बन्द गरिने
बुधबार, जेठ ७, २०८२
यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो । नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक...
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबार, जेठ ७, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बुधबार, जेठ ७, २०८२
ज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आजपनि सुनुवाइ हुदैँ
बुधबार, जेठ ७, २०८२
६ पटक हेर्न नमिल्ने भएको उक्त रिट मंगलबार देखी सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ । मंगलबार न्यायाधीशद्धय सुबेदी र ठकालको इजलासमा सुनुवाइ भएर हेर्दा हेर्दैमा रहेको उक्त मुद्दा आज सोही इजलासमा निरन्तर सुनुवाइ हुनेछ ।
अमेरिकी डलर र युरोको भाउ बढ्यो, प्रमुख मुद्राहरुको सटही दर कति छ ?
बुधबार, जेठ ७, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बुधबार, जेठ ७, २०८२
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। रोकिएका अधुरा कामहरू सुचारु हुनेछन । धेरैले तपाईँका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न...
धनुषामा विकासमा लापरवाही : खाल्डोमा डुबेर दुई बालकको ज्यान
मंगलबार, जेठ ६, २०८२
मृत्यु हुनेमा स्थानीय रामबाबु साहका ७ वर्षीय छोरा ऋतिक साह र उनका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा ऋतिश साह रहेका छन्। दुवै बालक मङ्गलबार दिउँसो खेल्दैगर्दा सो खाल्डोतर्फ पुगेका थिए। त्यही पानीमा नुहाउने क्रममा उनीहरू डुबेका थिए।
तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री
मंगलबार, जेठ ६, २०८२
मन्त्री खड्काले आयोजनाको विगतको अवस्थाको समीक्षा गर्दै निर्माण प्रक्रिया लामो समयसम्म अल्झिनु, बजेटको ठूलो खर्च हुँदासमेत ठोस परिणाम नआउनु र बाँधको सुनिश्चितता नहुँदासम्म लगानीमा गति आउन नसक्नु चिन्ताको विषय भएको बताए ।
सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस
मंगलबार, जेठ ६, २०८२
आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसाता अघि नै शाहलाई सिफारिस गरिएको हो ।
११ जना एसएसपी डिआईजी बढुवाका लागि सिफारिस (सूचीसहित)
मंगलबार, जेठ ६, २०८२
मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ एसएसपीलाई डिआईजीका लागि बढुवा सिफारिस गरेको हो ।
नारायणहिटी दरबार संग्रहालयमा ई–टिकेटिङ, अब लाइनमा बस्नु नपर्ने
मंगलबार, जेठ ६, २०८२
संग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले अनलाइन टिकट सुरु भइसकेको र ब्रेनलिपीको सुविधा सुरु गर्न लागिएको जानकारी दिए ।
रौतहटमा अनुगमनको क्रममा किन कुटिए औषधि विभागका कर्मचारी ?
मंगलबार, जेठ ६, २०८२
स्थानीयको कुटाईबाट फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शम्भु साहले बताएका छन्।
साताको लोकप्रिय

