Harsamaya
बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण
विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण भइरहेको छ ।

मकवानपुर - मकवानपुरको बकैया गाउँपालिका–७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण सुरु गरेको पाइएको छ । 

विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण कार्य सुरु गरिएको तर विद्यालय प्रशासनलाई खबर नभएको भन्दै आपत्ति जनाएको छ ।

विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए । 

उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई जानकारी नदिई कसरी भवन निर्माण गर्न मिल्छ?, विद्यालय जस्तो सार्वजनिक शैक्षिक संस्थाको क्षेत्रभित्र कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित निकायसँग पूर्व स्वीकृति, छलफल तथा पारदर्शिता अनिवार्य छ। तर यहाँ निर्माण समिति वा सम्बन्धित पक्षले सो प्रक्रिया पालना नगरेको देखिएको छ ।’
 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update