Harsamaya
तेलङ्गानाको औषधि उद्योगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो
भारतको तेलङ्गानाको संगारेड्डी   जिल्लामा रहेको एउटा औषधि उद्योगमा  विस्फोट ।

भारत - हिजो भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी   जिल्लामा रहेको एउटा औषधि उद्योगमा  भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ३० जनाभन्दा बढी घाइते भएका छन् ।

तेलङ्गानाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान विस्फोट भएको थियो । विस्फोटबाट उद्योगको भवन भत्किएको छ । सो घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख र घाइतेहरुलाई ५० हजारको दरले राहत दिने घोषणा गरेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update