Harsamaya
गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आज देखि बिक्रीमा
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं -गुड विल फाइनान्स लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर विक्रीमा राखेको छ । कम्पनीले विद्यमान संस्थापक सेयर धनीहरूका लागि १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेन पेस गर्नुपर्ने छ ।

निर्धारित मितिभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update