Harsamaya
हर समय
हर समय
प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पार्न गृहमन्त्री लेखकको आग्रह
प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पार्न गृहमन्त्री लेखकको आग्रह गृहमन्त्रीले संसदमा जिम्मेवार ढङ्गले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे । ‘कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन,’ उनले चेतावनी दिए।
सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाउँ होइन : सांसद बराल
सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाउँ होइन : सांसद बराल तथ्यको आधारमा कुरा गरौँ देशका प्रधानमन्त्री दल विशेष नभई राष्ट्रको कार्यकारी प्रमुखका हिसाबले गएको हुन्छ । टिप्पणी गर्ने माननीय ज्यू भाषा र परिभाषाको ज्ञान सिकाउन हामी तयार छौँ तर बोल्दाखेरी हेक्का पुर्‍याएर बोल्नको लागि चुनौती दिन चाहन्छु ।’
संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौला
संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौला उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरूले असाध्यै गलत कुराहरू व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यस प्रकारको जथाभाबी र हावादारी क्रियाकलाप गरेर जहिल्यै पनि, हरेक दिन र हरेक बैठकमा गलत र दूषित समाचार सम्प्रेषणको स्रोत यो संसद बनाउन खोजिँदैछ, यसतर्फ म सिङ्गो हाउसको गम्भीर ध्यानाकर्षण...
सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’
सांसद गौतमको संसदमा प्रष्टोक्ति : ‘मैले प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको होइन’ रास्वपा जिम्मेवार पार्टी हो। म पनि जिम्मेवार सांसद हुँ,’ उनले भनिन् ‘मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस्, मैले भनेको वाक्य पुनः दोहोर्‍याउँछु – स्वयम सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बहानामा गएका र नफर्किएको भन्ने समाचारहरू आइरहेका छन् ।’
आज पनि राप्रपा र रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार
आज पनि राप्रपा र रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन । त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।
बिहानै देखि बन्द पूर्ण रूपमा बन्द भएको नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु
बिहानै देखि बन्द पूर्ण रूपमा बन्द भएको नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु अहिले प्रहरीको सहयोगमा एकतर्फी रूपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिए । बिहान करिब ११ बजेबाट एकतर्फ रूपमा बाटो सञ्चालनमा आए पनि हिले दुई तर्फी रूपमा नै खुलाउने प्रयास भइरहेको उनले बताए ।
जेडीएस परियोजनाका लागि जापान सरकारद्वारा नेपाललाई करिब साढे ५३ करोड अनुदान
जेडीएस परियोजनाका लागि जापान सरकारद्वारा नेपाललाई करिब साढे ५३ करोड अनुदान नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राजदूत तोरु मेदाले नोट आदानप्रदानमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले अनुदान सम्झौतामा...
आफ्नै ससुराको हत्या अभियोगमा  ज्वाँई पक्राउ
आफ्नै ससुराको हत्या अभियोगमा ज्वाँई पक्राउ प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको  पेट लगायत शरीरका अन्य भागहरूमा ४/५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ ।
उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति
उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ ।
हरित अर्थतन्त्र सामाजिक न्याय र समावेशी विकाससँग जोडिनुपर्छ : मन्त्री अधिकारी (भिडियोसहित)
हरित अर्थतन्त्र सामाजिक न्याय र समावेशी विकाससँग जोडिनुपर्छ : मन्त्री अधिकारी (भिडियोसहित) कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी, सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र नीतिको रुपमा लिनुपर्ने बताएका छन् ।
राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै
राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामा खटिन तरुण दलसँग अपील
स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामा खटिन तरुण दलसँग अपील नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्राकृतिक विपत्तिबाट अझै ठूलो क्षति हुन नदिन स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामार्फत उद्धार र राहत कार्यमा खटिन तरुणहरूसँग अपील गरेका छन् ।
Weather Update