Harsamaya
हर समय
हर समय
चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने (भिडीयोसहित)
चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने (भिडीयोसहित) साथै २४ घण्टाभित्र माग सम्बोधन नभएमा २०८२/०१/१२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने पनि जानकारी गराएको छ ।
बलात्कार गरेको आरोपमा पक्राउ
बलात्कार गरेको आरोपमा पक्राउ मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका–१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
काश्मिरमा नेपालीसहित २८ पर्यटक मार्ने आतंकवादीहरूको तस्वीर सार्वजनिक
काश्मिरमा नेपालीसहित २८ पर्यटक मार्ने आतंकवादीहरूको तस्वीर सार्वजनिक सो घटना लगत्तै केन्द्रीय गृहमन्त्री अमित शाहले आज पहलगाम पुगेर घटनास्थलको निरीक्षण गरेका थिए । सो आतंकवादी हमलामा नेपाली नागरिक बुटवल–११, कालिकानगर रूपन्देहीका सुदिप न्यौपानेको पनि ज्यान गएको छ । उनी आमा र बहिनीको साथमा काश्मीर घुम्न गएका थिए ।
उर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त, शिक्षा मन्त्री बने रघुजी पन्त
उर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त, शिक्षा मन्त्री बने रघुजी पन्त नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर विभागीय मन्त्री दिपक खड्कालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।
रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय (भिडीयोसहित)
रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय (भिडीयोसहित) सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
धुस्कोटमा एक घरमा आगलागी, दुई लाखको क्षति
धुस्कोटमा एक घरमा आगलागी, दुई लाखको क्षति खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय गोल्छेयलम्बु जलबिरेबाट प्रहरी टोली खटि गई, प्रहरी र स्थानीयहरूको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार मानवीय र चौपायमा क्षति भने भएको छैन ।
सेयर बजारमा दोहोरो अंकको गिरावट
सेयर बजारमा दोहोरो अंकको गिरावट जसअनुसार आज ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।
सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का (भिडियोसहित)
सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का (भिडियोसहित) यस्तै, उनले काङ्ग्रेस र एमालेको बीचमा भएको समझदारीको काममा ढिला भएको भन्दै अब चाँडै एउटा कार्यदल बनाएर अगाडि बढ्ने बताए । उनले भने, ‘संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने कुरामा काङ्ग्रेस र एमालेको बीचमा एउटा समझदारी भएको छ । तर त्यो काममा ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको...
चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) चलचित्रकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको पनि उल्लेखनीय अभिनय देख्न सकिन्छ ।
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्ब २१ करोड राजस्व संकलन
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्ब २१ करोड राजस्व संकलन यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको हो ।  
प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् : माओवादी (भिडियोसहित)
प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् : माओवादी (भिडियोसहित) उनले भने,‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नुभन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’
बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद
बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाचोकमा वीरगंजबाट तुलसिपुर दाङ जाँदै गरेको बा.प्र.३२५६ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक जाँच उक्त गहना बरामद भएको हो।
Weather Update