Harsamaya

काठमाडौं - उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले अदालतको समग्र प्रगती सकारात्मक रहेको बताएका छन्। बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले अदालतले निर्धारित लक्ष्यहरू योजनाअनुसार हासिल गर्दै गएको जानकारी दिएका हुन् ।

मुख्य न्यायाधीश कुँवरका अनुसार साउन १ गते, २०८१ सालदेखि कार्यान्वयनमा ल्याइएको न्यायपालिकाको रणनीतिक योजनाले सबै अदालतमा सकारात्मक प्रभाव पारेको छ।

‘उच्च अदालत पाटनले विशेषतः लक्ष्य प्राप्तीमा सन्तोषजनक प्रगति गरेको छ,’ उनले भने, ‘योजनाले राखेको लक्ष्य प्राप्तीतर्फ हाम्रो प्रयास र उपलब्धी दुवै उन्मुख छन् ।’

उनले उच्च अदालत पाटनले सबै उपलब्धीहरू हासिल गर्न सफल भएको र चालु योजनाअनुसार नै लक्ष्य पूरा गरेको बताए। हाल अदालतमा जम्मा ५ हजार ७०० मुद्दा बाँकी रहेकामा तीमध्ये करिब ४३० मात्र एक वर्षभन्दा पूराना रहेको जानकारी उनले दिए ।

मुख्य न्यायाधीश कुँवरले आगामी वर्षमा सबै मुद्दा १८ महिनाभित्र फछ्र्यौंट गर्ने लक्ष्यसहित अदालत अघि बढ्ने बताए ।

‘अहिले हामीसँग ५ हजार ७०० मुद्दाहरु बाँकी छ । त्यसमा एक वर्ष नाघेका मुद्दाहरु करिब ४३० थान मात्रै हुन् अरु सबै एकवर्ष भित्रकै मुद्दाहरु छन् । त्यसकारणले आगामी वर्षमा हामीले १८ महिनाभित्रै राखेर मुद्दाहरुलाई फच्छर्यौंट गर्ने र १८ महिना नाघ्न नदिने गरी लक्ष्य निर्धारण गरेर अगाडि जानको लागि एउटा आधार तयार भएको छ,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update