Harsamaya
इन्द्रावती गाउँपालिकाको ८४ करोडको बजेटमध्ये ७८ प्रतिशत खर्च
इन्द्रावती गाउँपालिका ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा स्वीकृत कुल ८४ करोड ६५ लाख रुपैयाँ बजेटमध्ये ७८ दशमलव ३४ प्रतिशत मात्र खर्च गरेको छ।

गाउँपालिकाका लेखा अधिकृत श्री भाष्कर पन्त द्वारा हस्ताक्षरित र प्रमुख प्रशासकीय अधिकृत मनहरी बरालद्वारा प्रमाणित प्रेस विज्ञप्तिअनुसार, पुँजीगततर्फ ३२ करोड ३५ लाख ६३ हजारमध्ये २५ करोड ६३ लाख २१ हजार रुपैयाँ (७९.२१%) खर्च गरिएको छ।

त्यस्तै, चालुतर्फ ५२ करोड २९ लाख ३७ हजारमध्ये ४० करोड ६८ लाख ४२ हजार रुपैयाँ (७७.७९%) खर्च भएको जनाइएको छ।

कुल ८४ करोड ६५ लाखको बजेटमध्ये ६६ करोड ३१ लाख ६४ हजार रुपैयाँ खर्च भई ७८.३४ प्रतिशत कार्यान्वयन भएको गाउँपालिकाले स्पष्ट पारेको छ।

यस विवरण आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सार्वजनिक गरिएको हो।

indrawati-1752162359.jpg
 

 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update