Harsamaya
सुन तोलामा २३ सयले बढ्यो, तोलामा कति पुग्यो ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो।

आइतबार प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर दुई लाख ७४ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

आइतबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढावसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update