सेयर बजार असोज २ गतेसम्मका लागि बन्द
शुक्रबार, भदौ २७, २०८२
नेप्सेको सूचनामा भनिएको छ, ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्र दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।’
जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि
शुक्रबार, भदौ २७, २०८२
तर त्यसपछि मोबाइल स्विच अफ भएपछि सम्पर्क हुन सकेको थिएन । पछि आफन्त र सामाजिक सञ्जालमार्फत खोजतलास गर्ने क्रममा आसाहव आन्दोलनमा छातीमा गोली लागेर ज्यान गुमाएको र शव टीचिङ अस्पताल काठमाडौंमा रहेको जानकारी पाइएको हो ।
प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्बिर र भिडियो
शुक्रबार, भदौ २७, २०८२
गोपनीयता कायम राखिने उल्लेख गर्दै घटनाको अनुसन्धानका लागि सहयोग पुर्याउने उद्देश्यले भिडियो तथा फोटोहरू उपलब्ध गराउन आग्रह गरेको हो ।
‘हामी फेरि उठ्ने छौं’ भन्दै काँग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
शुक्रबार, भदौ २७, २०८२
पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै वीपी कोइरालाको तस्बिर र ब्यानर पुनःस्थापना गरेका हुन् । उनीहरूले कार्यालय परिसरमा वीपीको तस्बिरसहित हामी फेरि उठ्ने छौँ भन्दै ब्यानर झुन्ड्याएका छन् ।
कारागार भत्काएर भाग्न खोजेका कैदीलाई नियन्त्रण लिइयो
शुक्रबार, भदौ २७, २०८२
कारागार प्रशासक बाबुलाल रेग्मीले जारी गरेको सूचनाअनुसार, भदौ २४ गते राति ११ बजेदेखि सुरु भएको घटनामा कैदी बन्दीहरूले सिसिटिभी क्यामेरा फुटाउने र भित्री संरचना ध्वस्त पार्ने प्रयास गरेका थिए ।
संविधानभन्दा पछाडि फर्कने कुनै पनि प्रयास नगर्न मुस्लिम संघको माग
शुक्रबार, भदौ २७, २०८२
मुस्लिम संघले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अगाडि बढाउन सबै पक्षलाई एकजुट हुन आग्रह गरेको छ। संघले वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले चालेको पहललाई स्वागत गरेको छ ।
दमनविरुद्धको छानबिन र संसद विघटन नभए प्रधानमन्त्री नबन्ने कार्कीकी अडान
शुक्रबार, भदौ २७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा कुरा नमिलेपछि कार्की शीतलनिवासबाट बाहिरिएकी छिन्। आफ्नो यी सर्त पूरा गरी आन्दोलनरत पक्षलाई समेत मनाएपछि जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै बार्ताका नाममा शीतलनिवास नबोलाउन पनि भनेकी छिन् ।
अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी
शुक्रबार, भदौ २७, २०८२
स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म देशभरमा ३६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७ सय ७१ जना घाइतेको उपचार गरिएको छ ।
अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारीः स्वास्थ्य मन्त्रालय
शुक्रबार, भदौ २७, २०८२
स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म देशभरमा ३६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७ सय ७१ जना घाइतेको उपचार गरिएको छ ।
अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारीः स्वास्थ्य मन्त्रालय
शुक्रबार, भदौ २७, २०८२
स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म देशभरमा ३६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७ सय ७१ जना घाइतेको उपचार गरिएको छ ।
प्रहरी प्रभाग पुनः स्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाइ
शुक्रबार, भदौ २७, २०८२
सोही क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक सूर्य प्रसाद पौडेलले स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली बनाएर सरसफाइ गरिरहेको बताए ।
बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो
शुक्रबार, भदौ २७, २०८२
बाजुरामा लगाइएको कफ्र्यु खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार यहि भदौ २५ गते लगाइएको कफ्र्यु क्रमश खुकुलो पारिएको बताए ।
अन्तरिम सरकारबारे शितलनिवास छलफलको तयारी
शुक्रबार, भदौ २७, २०८२
शुक्रबार बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रपति भवन शितलनिवासमा हुने भनिएको उच्चस्तरीय राजनीतिक बैठक दिउँसो २ बजे बस्दैछ ।
साताको लोकप्रिय

