-1757671950.jpg)
वीरगन्ज - पर्सास्थित वीरगन्ज कारागारमा कैदीबन्दीहरूले तोडफोड र भाग्ने प्रयास गरे पनि कोही पनि भाग्न नसकेको कारागार प्रशासनले स्पष्ट पारेको छ । कारागार प्रशासक बाबुलाल रेग्मीले जारी गरेको सूचनाअनुसार, भदौ २४ गते राति ११ बजेदेखि सुरु भएको घटनामा कैदी बन्दीहरूले सिसिटिभी क्यामेरा फुटाउने र भित्री संरचना ध्वस्त पार्ने प्रयास गरेका थिए ।
साथै, कारागारको बाहिरी पर्खालका तीन स्थानमा भत्काएर बाहिर निस्कने प्रयास भए पनि सुरक्षाकर्मीले विभिन्न रणनीति अपनाई सबैलाई नियन्त्रणमा लिएका थिए।
प्रशासनका अनुसार घटनामा कुनै पनि मानवीय क्षति भएको छैन र कारागारमा रहेका सबै कैदी बन्दीहरू पूर्ण रूपमा सुरक्षित छन् । हाल कारागारको अवस्था सहज र नियन्त्रणमा रहेको जनाइएको छ ।
यसबारे कैदी बन्दीका परिवार, आफन्तजन तथा सरोकारवालाहरूलाई पनि जानकारी गराइएको कारागार प्रशासनले जनाएको छ ।