
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म देशभरमा ३६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७ सय ७१ जना घाइतेको उपचार गरिएको छ ।
घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन् । हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, नेपाल पुलिस अस्पतालमा २८, झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको डा देवकोटाले जानकारी दीनुभयो । यस्तै, प्रदर्शनका क्रममा घाइते भएका एक हजार ३७९ जना बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् ।