प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्रीबीच भेटवार्ता
बिहीबार, चैत २१, २०८१
थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्र प्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त थिए । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
संघीय लोकतान्त्रिक मोर्चाको घोषणा, २६ बुँदे साझा धारणामा हस्ताक्षर
बिहीबार, चैत २१, २०८१
मोर्चाको नाम संघीय लोकतान्त्रिक मोर्चा राखिएको बुझिएको छ । २६ वटा बुँदामा सहमति जनाएका उनीहरूले मस्यौदामा हस्ताक्षरसमेत गरेका छन् । यसअघि ८ दलको मधेशी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल नहुने भएन ।
कुलमान र हितेन्द्रको मुद्दाको सकियो सुनुवाइ, अब आदेशको प्रतिक्षा
बिहीबार, चैत २१, २०८१
मंगलबार र बुधवार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । तर सुनुवाइ पूरा नभएपछि मुद्दा बिहिवारसम्म हेर्दाहेर्दैमा राखिएकोमा अहिले सुनवाइ सकिएको छ ।
गणतन्त्रवादीहरूले राजालाई बदनाम गरे, झूटा आरोप लगाए : कमल थापा
बिहीबार, चैत २१, २०८१
उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरूलाई आग्रह गर्न चाहन्छु अहिले जसरी राजालाई बदनाम गर्ने, झूटा आरोप लगाउने, हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाम्त पार्ने जुन प्रयास भइरहेको छ त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित सबै राष्ट्रवादीहरू एकठाउँमा उभिनु बाहेक अर्को विकल्प छैन ।’
शिक्षकहरूले सडक नछाड्ने : ‘अब जितिन्छ कि बितिन्छ’ नारासहित चर्कियो आन्दोलन
बिहीबार, चैत २१, २०८१
यसैगरी सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेशकी उपमहासचिव टिका भण्डारी न्यौपानेले सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नगरेका कारण आन्दोलनमा आएको बताइन् । उनले शिक्षा विधेयक जारी नभएसम्म र गुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यार्थीको भविष्य सुनिश्चित नगरेसम्म आफूहरू सडकबाट नफर्किने बताइन् ।
राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा
बिहीबार, चैत २१, २०८१
राप्रपाले तीनकुने घटनासँग सम्बन्धित रहेर ध्यानाकर्षण पत्र बुझाएको हो । साथै राप्रपाले नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्य विरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि गरेको छ । त्यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।
जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्र संचालन गर्न तत्काल १० करोड चाहिने
बिहीबार, चैत २१, २०८१
उनले भने,‘घटनापछि निरन्तर रुपमा कम्पनीको व्यवस्थापन र कर्मचारीहरुको परिस्थिति अत्यन्तै जटिल छ । हामीले त्यो बुझिरहेका छौं । अब यसलाई छिटो भन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मुल्याङकन गर्न सम्बन्धित प्राविधिकहरू, विज्ञहरू राखेर प्रारम्भिक मूल्याङकन गरेको छ । करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ ।’
बढ्यो सेयर बजार
बिहीबार, चैत २१, २०८१
साताको पाँचौ दिन बिहीबार ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार हुन पुगेको छ।
काठमाडौं महानगर भित्रको विवाद सतहमा, गुरागाईँ हाजिर गर्न जाँदा घम्साघम्सी
बिहीबार, चैत २१, २०८१
प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्नखोज्दा केहीबेर ठेलामठेल भएको थियो । कार्यकक्षमा लगाइएको ताला फुटाउन खोज्दा नगर प्रहरीले अवरोध गरेका थिए ।
‘वैदेशिक रोजगारसँगै स्वदेशमा स्वरोजगारका कार्यक्रम सँगै हुनु पर्छ’
बिहीबार, चैत २१, २०८१
स्रोत केन्द्र उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले, वैदेशिक रोजगारीमा जाने व्यक्तिमा हुने अज्ञानता र वाध्यताको अरुले फाइदा उठाउने घटना रोकिने विश्वाश गरे । ‘अवाञ्छित क्रियाकलाप र ठगी रोक्ने केन्द्रका मुख्य क्रियाकलाप हुन् ।’ उनको भनाइ थियो ।
रौतहटबाट नेपाल प्रहरीका नक्कली इन्स्पेक्टर पक्राउ
बिहीबार, चैत २१, २०८१
उनका अनुसार मलंगवा नगरपालिका वडा न.१० स्थितमा रहेको साहारा गेष्ट हाउसका संचालकलाई धाकधम्की दिएको आरोपमा पक्राउ गरिएको हो । होटल संचालकलाई धाकधम्की दिएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनको भनाइ छ ।
सर्लाहीबाट साढे २३ किलो गाँजा बरामद, दुई भारतीयसहित तीन पक्राउ
बिहीबार, चैत २१, २०८१
उनका अनुसार अस्थायी प्रहरी पोष्ट कालिञ्जोर घारीबथानले पाएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंजको संयुक्त प्रहरी टोलीले इश्वरपुर नगरपालिका वडा नम्वर १२ बाट ७ किलो २१० ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारतमाथि सबैभन्दा बढी कर (सूचीसहित)
बिहीबार, चैत २१, २०८१
ट्रम्पले राष्ट्रपतिले सबै देशहरूमा आधारभूत शुल्कहरू लगाएका छन् । त्यो दर १० प्रतिशतको हुनेछ, जुन ५ अप्रिलबाट लागु हुने जनाइएको छ। उनले १० प्रतिशत कर लगाएका केही देशको सुची यस्तो छ ।
साताको लोकप्रिय

