Harsamaya
राजमार्ग केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी
उखु किसानको प्रदर्शन ।

काठमाडौं - उखु उत्पादक महासंघ, नेपालले उखु किसानको समस्यालाई लिएर राजमार्ग केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष श्रीराम प्रसाद यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले तोकेको मूल्य अनुसार भुक्तानी नपाउँदा किसानहरू आर्थिक संकटमा परेका छन् । यसले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर पारेको छ ।’ 

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, किसानहरूले उत्पादन गरेको उखुको मूल्य समयमा नपाउँदा उनीहरू ऋणमा डुबेका छन् र आगामी उत्पादन चक्रमा समेत असर परेको छ ।

महासंघले राजमार्गमा शान्तिपूर्ण धर्ना, र्‍याली तथा सरकारलाई चेतावनी दिने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । आन्दोलनमा सहभागी हुन सबै उखु किसानहरूलाई आह्वान गरिएको छ ।

 ‘एकता नै हाम्रो शक्ति हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाम्रो माग नसुनेसम्म हामी आन्दोलन जारी राख्नेछौं ।महासंघले उखुको न्यूनतम समर्थन मूल्य तत्काल घोषणा गरियोस्, किसानलाई वक्यौता रकम तुरुन्त भुक्तानी गरियोस् र चिनी मिलहरूलाई नियमन गर्न लगायत माग राखेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update