Harsamaya
स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु
स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्दैँनन् । शारीरिक अपाङ्गताका बाबजुद उनी अहिले स्वरोजगार बनेका छन् । सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बनेका उनको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो ।
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै कलाकार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै कलाकार सरस्वती पूजा नजिकिँदै जाँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।
व्यवस्थासँगै अवस्था परिवर्तन गर्न स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन - संयोजक थपलिया (भिडियोसहित)
व्यवस्थासँगै अवस्था परिवर्तन गर्न स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन - संयोजक थपलिया (भिडियोसहित) नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ ।  कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र देशको आर्थिक रूपान्तरणमा योगदान पुराउने उद्देश्यले...
देश विदेशमा प्रवर्द्धन गरिँदै स्थानीय कफी
देश विदेशमा प्रवर्द्धन गरिँदै स्थानीय कफी झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउछन् ।
पूर्व श्रम स्वीकृति लिनेको संख्या बढ्यो
पूर्व श्रम स्वीकृति लिनेको संख्या बढ्यो ‘बिचौलियाका कारण पीडितहरु अझै मर्कामा परेका थिए, अहिले हेर्नुभयो भने यहाँ बिचौलिया नै देखिन छाडेका छन्’, उनले भने, ‘अधिकांश सेवाहरु अनलाइनबाट सुचारु भएपछि सेवाग्राहीको गुनासो छिटो र सरल रुपमा समाधान हुनेछ र हाम्रो सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं ।’
चिया बेचेरै मासिक ५० हजार आम्दानी
चिया बेचेरै मासिक ५० हजार आम्दानी मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन्।
प्रविधिले जोगाएको नेपाली अण्डाको बजार
प्रविधिले जोगाएको नेपाली अण्डाको बजार कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन् ।
होजोन अटो (नेटाले) प्राप्त गर्‍यो ८१८ मिलियन अमेरिकी डलर लगानी
होजोन अटो (नेटाले) प्राप्त गर्‍यो ८१८ मिलियन अमेरिकी डलर लगानी चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ। यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको हो । 
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।  विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् ।
देवदहबाट लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुने
देवदहबाट लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुने लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ। गत ४ पुसदेखि सञ्चालन गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रीको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट समेत सञ्चालन गरिने भएको हो ।
५२ अर्ब लागतको ‘धौवादी फलाम उद्योग’ द्रुत गतिमा सञ्चालन गर्नुपर्नेमा जोड
५२ अर्ब लागतको ‘धौवादी फलाम उद्योग’ द्रुत गतिमा सञ्चालन गर्नुपर्नेमा जोड उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउनुपर्ने बताएका छन । पूर्वी नवलपरासीको हुप्सेकोटस्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा उनले उक्त कम्पनी सञ्चालनका कार्यहरू छिटोछरितो तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन ।
गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद
गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनी २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किएका हुन् ।
Weather Update