Harsamaya

ललितपुर - फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जावलाखेलस्थित खेलमैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीले रंगीचंगी फूल र मौलिक नर्सरी उत्पादनमार्फत दर्शकहरूको ध्यान खिचिरहेको छ । ‘रोपेर फूल गोदावरी, सजाऔं आँगन वरिपरि’ नाराका साथ असोज २९ देखि सुरु भएको मेला कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा करिब ४० हजार दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ । मेलामा ८० व्यावसायिक, ५ अफिसियल, २ प्रतियोगितात्मक, १ प्लान्ट क्लिनिक र १ फोटो सेल्फी स्टलसहित ९० वटा प्रदर्शनी स्टलहरू रहेका छन् ।

यसैगरी १८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा यस वर्ष नयाँ भेराइटीको कमी र ग्राहकको कम उपस्थिति देखिएको व्यवसायीहरूले बताएका छन् । असोज २९ देखि सुरु भएको प्रदर्शनीको तेस्रो दिनसम्म आइपुग्दा व्यवसायमा केही सुधार देखिए पनि गत वर्षको तुलनामा ग्राहकको चाप कम भएको उनीहरू बताउँछन् ।

नर्सरी व्यवसायी रामकुमार बस्नेतका अनुसार, जेनजी आन्दोलन र प्रदर्शनी समय अलिकति अगाडि परेको कारणले गर्दा भीड कम भएको हो भन्ने अनुमान गरिएको छ । ‘व्यापार राम्रै छ, तर गत वर्षको तुलनामा अलि फरक महसुस भइराखेको छ । जेनजी आन्दोलनको असर र मेलाको समय अलि छिटो परेको हुनाले कस्टमर फ्लो कम भएको देखिन्छ,’ बस्नेतले भने ।

उनका अनुसार प्रदर्शनीमा गोदावरी फूलका करिब ४० देखि ५० भेराइटी रहेका छन् भने अन्य जातजातिका फूल र बिरुवाहरू पनि उपलब्ध छन् । दशैं सकिएर तिहार सुरु हुने क्रमसँगै सयपत्री र गोदावरी फूलको माग उच्च हुने भएकाले ती फूल मुख्य रूपमा बिक्री भइरहेका छन् । गोदावरी फूलको मूल्य १०० रुपैयाँदेखि २००० रुपैयाँसम्म पर्न सक्ने व्यवसायीहरूको भनाइ छ ।

अर्का व्यवसायी निरोज महर्जनले पनि ग्राहक संख्या सन्तोषजनक भए पनि नयाँ ग्राहक नआएको उल्लेख गरे । ‘सम्झना नर्सरी भनेको क्वालिटी प्रोडक्ट हो । रेगुलर कस्टमर त आइरहेका छन्, तर नयाँ कस्टमर थपिएको छैन,’ उनले भने ।

उनले गोदावरी फूललाई तिहारको प्रतिक मानेर विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै गोदावरी, सयपत्री र सुपारी फूल नै मुख्यतः बिक्री भइरहेको जानकारी दिए । गोदावरीमा चारदेखि पाँच क्याटेगोरी रहेको बताउँदै उनले हाल स्टल संख्या पनि अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको बताए ।

‘पहिला ५०–६० वटा स्टल मात्र थिए, अहिले ९० नर्सरी स्टल छन्,’ महर्जनले भने, ‘तर प्रतिस्पर्धा पनि धेरै छ । काठमाडौं उपत्यकामा मात्र ४०० भन्दा बढी नर्सरी छन् ।’उनले नर्सरी सञ्चालनका लागि आवश्यक ठूला जग्गाको अभाव मुख्य चुनौती भएको र सरकारले निश्चित अवधिको लागि जग्गा प्रदान गर्ने नीति ल्याए व्यवसाय अझ सशक्त हुने धारणा व्यक्त गरे ।

नर्सरी व्यवसायी करिना थापाले पनि यस वर्ष ग्राहकको चाप कम रहेको बताउँदै नयाँ भेराइटीको फूलहरूप्रति ग्राहकको चासो देखिए पनि त्यो उपलब्ध गराउन नसकिएको दुखेसो पोखिन् । ‘ग्राहकहरू नयाँ भेराइटी खोज्दै आउनुहुन्छ, तर यसपाली गोदावरी र सयपत्रीमै सीमित भेराइटी छ,’ थापाले भनिन् । उनका अनुसार इनडोर प्लान्ट र फ्रुट प्लान्टको मूल्य १५० देखि १००० रुपैयाँसम्म पर्न सक्छ ।

उनले विदेशबाट ल्याइने बिरुवाहरू ल्याउँदा बोर्डरमा रोकावट आउने समस्या रहेको भन्दै समयमै अनुमति प्रक्रिया सहज भए व्यवसाय अझ सरल हुने बताइन् । ‘प्लान्ट स्मगल गरेर ल्याइएको होइन, तर बोर्डरमा चेकिङ गर्दा कहिलेकाहीँ रोकिदिन्छन् । पत्र देखाउँदा पनि कहिलेकाहीँ अड्काइन्छ,’ उनले भनिन् ।

गोदावरीको प्रमुखता, सयपत्रीको साथ
प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो गोदावरी फूल प्रदर्शनी मानिएको छ । विशेषगरी तिहारलाई लक्षित गरेर गोदावरी र सयपत्री फूलहरूको माग उच्च रहेको व्यवसायीहरू बताउँछन् । नर्सरी व्यवसायी रामकुमार बस्नेतले नेपाल न्यूज बैंकसँग कुरा गर्दै जेनजी आन्दोलन र मेलाको मिति चाँडो परेको कारणले ग्राहकको फ्लो अलि कम महसुस भएको बताए । उनले  भने,  ‘फूलको व्यापार राम्रो चलिरहेको भए पनि जेनजी आन्दोलन र मेलाको मिति चाँडो परेको कारणले ग्राहकको फ्लो अलि कम महसुस भएको छ ।’ उनका अनुसार मेलामा ४०–५० भेराइटीका गोदावरी फूलहरू राखिएका छन् । तीमध्ये केही भेराइटीहरू नेदरल्याण्ड र थाईल्याण्डबाट भित्र्याइएको पनि उनले बताए ।

फूलको मूल्य र तयारी
बस्नेतका अनुसार गोदावरी फूलको मूल्य १०० रुपैयाँदेखि २००० रुपैयाँसम्म पर्छ । ‘अहिले दशैं सकिएर तिहार सुरु हुने बेलामा गोदावरी र सयपत्रीको माग अत्यधिक छ,’ उनी भन्छन्, ‘बाहिरबाट ल्याइएको फूललाई माउबोटको रूपमा प्रयोग गरेर वर्षैपिच्छे बिरुवा तयार गर्ने गरेका छौं ।’ यसैगरी अर्का नर्सरी व्यवसायी निरोज महर्जनले गोदावरी फूललाई नै तिहारको प्रतीक मानिने हुँदा तिहारमा बढी बिक्री हुने गरेको बताए । ‘नर्सरी क्वालिटी प्रोडक्टमा केन्द्रित हुन्छ, त्यसैले नियमित ग्राहकहरू नै आउँछन्,’ उनले भने । उनले काठमाडौं उपत्यकाभित्रै ४०० भन्दा बढी नर्सरीहरू सञ्चालनमा रहेको बताए । ‘प्रतिस्पर्धा धेरै छ, गुणस्तरमा ध्यान नदिई मूल्यमा मात्रै केन्द्रित भए व्यवसाय दीगो हुँदैन,’ उनले भने ।

जग्गा र नियमन प्रणाली प्रमुख चुनौती
महर्जनले नर्सरी सञ्चालनको प्रमुख चुनौती जग्गाको कमी रहेको बताए । ‘सरकारले पाँच वा दश वर्षका लागि जग्गा भाडामा दिने नीति ल्यायो भने व्यवसाय अझ व्यवस्थित र दिगो हुन सक्छ,’ उनले भने ।

नयाँ भेराइटी खोज्ने ग्राहक
नर्सरी व्यवसायी करिना थापा भने ग्राहकहरू नयाँ भेराइटीको खोजीमा आउने तर अपेक्षित नयाँ फूलहरू नपाउँदा अलि निराश हुने गरेको बताउँछिन् । ‘यसपालि ग्राहकको चाप केही कम देखिएको छ । नयाँ भेराइटीहरूको अभाव छ,’ उनले भनिन्।

मेलामार्फत व्यवसाय विस्तारको आशा
यद्यपि केही चुनौतीहरू रहेका भएपनि व्यवसायीहरू फूलको बजार क्रमशः विस्तार हुँदै गएको अनुभव सुनाउँछन् । ‘पहिला ५०–६० स्टल हुने मेलामा अहिले ९० वटा स्टल छन् । यो आफैँमा सकारात्मक संकेत हो,’ बस्नेत भन्छन् ।गोदावरी फूलको उत्सव केवल फूलप्रेमीहरूका लागि रमाइलो अवसर बनेको छ, तर नर्सरी व्यवसायीहरूका लागि पनि आफ्नो उत्पादन प्रदर्शन गर्ने महत्वपूर्ण प्लेटफर्म सावित भइरहेको छ । तिहारको आगमनसँगै फूलहरूको व्यापार अझ चहलपहल बढ्ने अनुमान व्यवसायीहरूको रहेको छ ।

- आकांक्षा धामी 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update