सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै आइतबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२ १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय