Harsamaya
ह्वातै घट्यो सुनचाँदीको मूल्य 
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - सुनको मूल्य घटेको छ । शुक्रबार एकैदिन सात हजार १०० ले बढेर तोलाको २ लाख ५८ हजारमा कारोबार भएको सुन आज घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ हजार ८०० ले घटेर २ लाख ५३ हजार २०० मा कारोबार भएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सुन तोलामा ५ सय ४ रुपैयाँले घटेर २ हजार ८०८ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update