Harsamaya
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो ।
कांग्रेसकाे `स्टार्टअप´ र साना तथा मझौला व्यवसाय सम्मेलन माघ १६ देखि
कांग्रेसकाे `स्टार्टअप´ र साना तथा मझौला व्यवसाय सम्मेलन माघ १६ देखि कांग्रेसले नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न माघ १६ र १७ गते सम्मेलन गर्ने भएको हो ।
हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा : तीन महिनादेखि उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा : तीन महिनादेखि उत्पादन बन्द “अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ”, “यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा...
पुराना भन्सार एजेन्टलाई काम गर्न दिनुपर्ने माग
पुराना भन्सार एजेन्टलाई काम गर्न दिनुपर्ने माग संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ बारे भन्सार एजेन्ट प्रतिनिधि संघसँग छलफल भएको थियो । उक्त छलफलका क्रममा २०७९ जेठ १५ गतेभन्दा अघि काम गरिरहेकालाई पुनः काममा फर्काउने व्यवस्था विधेयकमा समेट्न सुझाव आएको हो ।
प्रधानमन्त्रीले गरे सुकेधारामा रहेको कर्मक्युर होटेलको उद्घाटन
प्रधानमन्त्रीले गरे सुकेधारामा रहेको कर्मक्युर होटेलको उद्घाटन होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालनमा आएको हो ।
जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ ।
खुम्बुका उकालामा पसिनाको संघर्ष: भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी 
खुम्बुका उकालामा पसिनाको संघर्ष: भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी  खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।
पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो
पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’ दाङको तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए। मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र  विभिन्न मूर्ति बनाउन सुरु गरे । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरेका हुन् । अहिले उनी विभिन्न मन्दिरमा मूर्ति बनाउँदै...
चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि
चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ...
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो । 
Weather Update