तोलामा २४ सयले बढ्यो सुन

काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलामा २ हजार ४०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ४० हजार ४०० मा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ९५ रुपैयाँले बढेर ३ हजार २२० मा कारोबार भएको छ । आइतबार चाँदी ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०८२ १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय