Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । 

शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update