सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
सोमबार, पुस २२, २०८१
यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास– ४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
यो उद्योगले लप्सीबाट माडा, अचार, क्यान्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्यान्डीलगायत परिकार बनाउँदै आएको छ । विगत डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झन्डै रु. ७० लाखबराबरको कारोबार गर्ने लक्ष्य राखको छ । उद्योगमा यस वर्ष झन्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ ।
विशाल ग्रुपले नयाँ इभी ब्रान्ड ‘सिनोगोल्ड’भित्र्याउँदै, मूल्य ३९ लाख
सोमबार, पुस २२, २०८१
नेपाली बजारमा नयाँ ब्रान्डको ईभी सेडान भित्रिने भएको छ । नेपाली बजारमा अन्य ब्रान्डका समेत सवारी साधन बिक्री–वितरण गरिरहेको भीजी मोटर्सले सिनोगोल्ड ब्रान्डको जुनजिङ–जेएक्स मोडलको ईभी सेडान भित्र्याउने भएको हो ।
भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची अनुसार सो ईभीको मूल्य ३९ लाख रुपैयाँ हुनेछ ।
बाख्रापालेर वार्षिक पाँच लाख बढी आम्दानी
बिहीबार, पुस १८, २०८१
घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन् ।
घरमा आमाले घरखर्चका लागि पालेका पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्याएको खनालले बताए । उनका अनुसार अहिले खोरमा ५०...
सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको बिक्रीमा वृद्धि
बिहीबार, पुस १८, २०८१
चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन् २०२४ मा सवारी साधनको बिक्रीमा वृद्धि गरेको छ ।
विद्युत तथा ब्याट्रीबाट चल्ने कार निर्माता कम्पनी बिवाइडी विदेशमा व्यवसाय विस्तार गर्ने चिनियाँ अटोमोटिभ फर्ममध्ये सबैभन्दा प्रमुख हो । बेइजिङ र पश्चिमबीचको व्यापार विवादबाट बढ्दो खतरामा रहेको चीनले आफ्ना उत्पादनलाई वैकल्पिक बजारमा पुर्याउने...
जङ्गलका स्याउलाबाट रोजगारी र जैविक मल उत्पादन
बुधबार, पुस १७, २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ‘विनयी जैविक मल उत्पादन उद्योग’ सञ्चालन गरी स्याउला, घाँसपातको प्रयोगबाट जैविक मल उत्पादन सुरु गरिएको उनको भनाइ छ ।
‘विनयी...
युवालाई स्वरोजगार बनाउँदै ब्याज अनुदान: पाल्पाका ९७ युवा लाभान्वित
बिहीबार, पुस ११, २०८१
युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।
अटोमोबाइल व्यवसायमा संकट: पलायन हुने क्रम जारी
बिहीबार, पुस ११, २०८१
आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् ।
साताको लोकप्रिय

