४२ सयले घट्यो सुन, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ लाख ३५ हजारमा कारोबार भएको छ ।
यो अघिल्लो दिन भन्दा चार हजार २ सयले कम हो । बिहीबार सुन प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको तीन हजार ८५ मा कारोबार भएको छ । चाँदी ६० रुपैयाँले बढेको छ । बिहीबार तीन हजार २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य हाल सम्मकै उच्च हो ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२ ११:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय