Harsamaya
रुपैयाँ फेरि कमजोर, डलर १४२ नाघ्यो - युरो र पाउण्डमा पनि महँगो उछाल
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौँ - नेपाली रुपैयाँ फेरि कमजोर बन्दै गएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य १४२ रुपैयाँ नाघेको छ।

बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा तोकिएको छ। यसले पछिल्ला दिनमा डलरको दरमा निरन्तर वृद्धि भएको संकेत गरेको छ। 

साथै युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिदर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिदर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन एक सयको खरिद १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १५ रुपैयाँ १० पैसा र बिक्रीदर १५ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिदर २२ रुपैयाँ १३ पैसा र बिक्री दर २२ रुपैयाँ २३ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ६२ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६४ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिदर ३७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६८ रुयैयाँ १४ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ७० पैसा रहेको छ । साथै भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आर्थिक विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र आयात निर्भर अर्थतन्त्रका कारण नेपाली रुपैयाँमा दबाब बढिरहेको छ। राष्ट्र बैंकले भने आवश्यक परे विनिमय दरमा संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  ०६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update