Harsamaya
एकैदिन ७ हजार ४ सयले बढ्यो सुन 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं  - आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा यो मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढी हो ।

यसअघि दशैं बिदा सुरु हुनुपूर्व असोज १२ गते प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो ।

आज चाँदीको भाउ प्रतितोला २ हजार ९३० रुपैयाँ पुगेको छ । यसअघिको कारोबारमा चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update