Harsamaya
युद्धविरामका लागि हमासले राख्यो इजरायलसमक्ष नयाँ प्रस्ताव, ६० दिनको युद्धविराम र ९ इजरायली बन्धकको रिहाइ 
युद्धविरामका लागि हमासले राख्यो इजरायलसमक्ष नयाँ प्रस्ताव, ६० दिनको युद्धविराम र ९ इजरायली बन्धकको रिहाइ  इजरायली सेनाले गाजा पट्टीमा ठूलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि वार्ता सुरु भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका अनुसार हमासले ६० दिनको युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बदलामा नौ बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको एक प्यालेस्टिनी अधिकारीले बताएका छन् ।
अमेरिकी सर्वोच्च अदालतले लगायो आप्रवासी निष्कासन गर्न रोक, ट्रम्प आक्रोशित
अमेरिकी सर्वोच्च अदालतले लगायो आप्रवासी निष्कासन गर्न रोक, ट्रम्प आक्रोशित धेरै आप्रवासीहरू हाल टेक्सासको हिरासत केन्द्रमा राखिएका छन्। ट्रम्प प्रशासनले १७९८ को ‘एलियन एनिमिज एक्ट’ मार्फत उनीहरूलाई जति सक्दो चाँडो देशबाट निकाल्न चाहेको थियो।
गाजापट्टीमा भोकमरीको खतरा
गाजापट्टीमा भोकमरीको खतरा ‘मेरो परिवारका सात सदस्य छन्। बाह्र वा तेह्र जना भएकाहरूलाई के हुन्छ ? तिनीहरूले कसरी खुवाउने ? त्यहाँ कुनै आपूर्ति छैन, र केही पनि देशमा प्रवेश गरिरहेको छैन,’उनले भनिन् । 
गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु
गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु इजरायली सेनाले भने उत्तरी गाजामा हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरूलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायलतर्फ रकेट हमला भएपछि मङ्गलवार देखी जबालिया र छिमेकी क्षेत्रका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।
उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन
उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।
दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जनाको मृत्यु, दर्जनौँ घाइते
दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जनाको मृत्यु, दर्जनौँ घाइते गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ । इजरायली सेनाले कुनै पनि अस्पतालमा आक्रमण गर्न छाडेको छैन । पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो ।
अमेरिकाले हटायाे सिरियामाथिको प्रतिबन्ध
अमेरिकाले हटायाे सिरियामाथिको प्रतिबन्ध अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियालाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेबियासँग १ सय ४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् । ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए ।
भारतमा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन
भारतमा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन पञ्जाब प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै घटनाको विस्तृत छानबिन भइरहेको र दोषीहरूलाई कानूनी दायरामा ल्याइने जनाएको छ । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिए ।
भारतमा केही उडान अझै रद्द
भारतमा केही उडान अझै रद्द एयर इन्डियाले आफ्नो एक्स खातामा लेखेको छ, ‘हालको घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै १३ मे मङ्गलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटबाट हुने सबै उडानहरू रद्द गरिएको जानकारी गराउँछौं ’
पाकिस्तानसँगको युद्ध विराम अस्थायी, आतङ्ककारी हमला दोहोरिए कडा जवाफ दिने चेतावनी
पाकिस्तानसँगको युद्ध विराम अस्थायी, आतङ्ककारी हमला दोहोरिए कडा जवाफ दिने चेतावनी राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । ‘पाकिस्तानको आग्रहमा भारतले कारबाही स्थगित गरेको हो, तर यो स्थगन मात्रै हो। यदि फेरि आतङ्ककारी साहस देखाइयो भने भारतले अझ कडा जवाफ दिनेछ,’ मोदीले भने। 
कश्मीरमा चहलपहल बढ्यो, एलओसी नजिकै बस्नेलाई राहत महसुस
कश्मीरमा चहलपहल बढ्यो, एलओसी नजिकै बस्नेलाई राहत महसुस शान्तिले दुवै देशका मानिसहरूलाई राहत दिएको छ । विशेष गरी नियन्त्रण रेखा (एलओसी) नजिकै बस्नेहरूले सहज महसुस गरेका छन् । दुई हप्ताभन्दा बढी समयदेखि तनावमा बिताएका स्थानीयहरू आफ्नो नियमित जीवनमा फर्किरहेका छन्। भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरका बजार र पसलहरू थप तनाव बढ्ने डर घटेपछि खुल्न थालेका छन् ।
ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने खासमा इडान अलेक्ज्याण्डर २१ वर्षीय दोहोरो नागरिकता भएका इजरायली–अमेरिकी हुन्, जो गाजामा अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ। 
Weather Update