राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानबिन सुरु

अमेरिका - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अभियोग लगाउन नेतृत्व गरेका पूर्व विशेष सल्लाहकार ज्याक स्मिथ माथि छानबिन हुने भएको छ।
पदबाट राजीनामा दिएका उनलाई अफिस अफ स्पेसल काउन्सिल (ओसिएस)ले छानबिन अघि बढाउने भएको हो।
ट्रम्पले कागजातको दुरुपयोग गरेको तथा सन् २०२० को निर्वाचनलाई प्रभावका पार्न खोजेको आरोपमा छानबिन गर्न स्मिथलाई सन् २०२२ मा विशेष सल्लाहकार चयन गरिएको थियो ।
सन् २०२४ को निर्वाचनलाई समेत प्रभावमा पार्न प्रयास गरेको आरोपसहित आरन्कासका रिपब्लिक सिनेटर टम कटनले ओसिएसलाई छानबिन गर्न भने पछि यो क्रम सुरु भएको हो।
प्रकाशित मिति: आइतबार, साउन १८, २०८२ ०७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय