Harsamaya
अमेरिका–रूस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने
संयुक्त राज्य अमेरिका र रूसबीचको तनाव ।

काठमाडौं - संयुक्त राज्य अमेरिका र रूसबीचको तनावका कारण आगामी महिनाहरूमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

रूसले विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा बाधा पुर्याउने खतरा रहेको तेल बजारले औंल्याएको भारतीय सञ्चार माध्ययम एएनआईसँगको कुराकानीमा विज्ञहरूले बताएका छन ।

भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब पर्न सक्छ । भेन्चुरामा कमोडिटीज तथा सीआरएम प्रमुख एनएस रामास्वामीले भने,‘ब्रेन्ट आयल (अक्टोबर’२५) सम्म ७२.०७ अमेरिकी डलरबाट ७६ अमेरिकी डलरको पुग्न सक्ने बताइएको छ ।’

वर्षको अन्त्य २०२५ मा ८०–८२ अमेरिकी डलर पुग्न सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न रूसलाई १०–१२ दिनको समयसीमा दिएका छन्, जुन असफल भएमा रूससँग व्यापार गर्ने देशहरूमा थप प्रतिबन्ध र १०० प्रतिशतको दोहोरो करको जोखिम छ, जसले तेलको मूल्यलाई बढावा दिनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको यो कदमले तेलको मूल्यलाई अझ बढाउन सक्छ, किनकि रूसी कच्चा तेलमा निर्भर देशहरूले सस्तो तेल किन्न र अमेरिकामा भारी निर्यात करको सामना गर्ने बीच कठिन विकल्पको सामना गर्नुपर्नेछ ।

डब्ल्यूटीआई कच्चा तेल (सेप्टेम्बर’२५) को लागि, विज्ञहरूले अहिलेको स्तर ६९.६५ अमेरिकी डलरबाट ७३ अमेरिकी डलरको छोटो अवधिको लक्ष्यको अपेक्षा गर्छन । २०२५ को अन्त्यसम्ममा मूल्य बढेर ७६–७९ अमेरिकी डलरसम्म बढ्न सक्छ । विज्ञहरूले भनेका छन् कि यस्ता घटनाक्रमहरूले विश्वव्यापी तेल बजारलाई बाधा पुर्याउन सक्छन् । २०२६ सम्ममा तेलको मूल्यलाई उच्च बनाउने सम्भावना छ ।

ऊर्जा विज्ञ नरेन्द्र तनेजाले एएनआईलाई भने, ‘रूसले विश्वव्यापी (तेल) आपूर्ति प्रणालीमा ५० लाख ब्यारेल तेल निर्यात गर्दछ । कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढ्नेछ – प्रति ब्यारेल १०० देखि १२० अमेरिकी डलरसम्म पुग्नेछ ।’

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update