Harsamaya
कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २०० मिलियन डलर तिर्ने
कोलम्बिया  विश्वविद्यालय। 

एजेन्सी - कोलम्बिया  विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर (लगभग १७२ करोड रुपैयाँ) तिर्न सहमत भएको छ। 

विश्वविद्यालयले आफ्ना यहूदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएको कारण यो रकम तिर्न बाध्य भएको छ।

सम्झौता रकम तीन वर्षमा संघीय सरकारलाई भुक्तानी गरिने विश्वविद्यालयले एक विज्ञप्तिमार्फत घोषणा गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पुष्टि गरेका छन् । 

बदलामा, सरकारले मार्चमा रोकेको वा समाप्त गरेको ४०० मिलियन डलर अनुदानको केही भाग फिर्ता गर्न सहमत भएको छ। यद्यपि, मार्चमा, विश्वविद्यालयले पहिले नै ह्वाइट हाउसका केही सर्तहरूमा सहमति जनाएको थियो।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update