स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश
बिहीबार, असार ५, २०८२
राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ ।
शहिद, बेपत्ता परिवार र घाइते योद्धाहरू पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा
सोमबार, असार २, २०८२
‘बेपत्ता परिवारमा महिलाहरूले व्यक्त गरेको कुरा सुन्दा मर्माहत भयाैँ । आफ्नो श्रीमान् साँझतिर आउनुहुन्छ की बिहान आउनुहुन्छ की भन्ने लागिरहेको अनुभव सुनाउनुहुन्छ । सोही क्रममा अध्यक्षले बेपत्ता भएका व्यक्तिलाई पनि शहिद नै हो भन्ने अभिव्यक्ति दिनुभएकाले उहाँहरूमा चमक देखियो । त्यो नै सबैभन्दा ठुलो ऊर्जाको विषय हो,’ उनले भने ।
सदन अवरोध खोल्न माओवादीले विपक्षी दलसँग छलफल गर्ने
बिहीबार, जेठ २२, २०८२
उनले भने,‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम जोड हुनेछ। भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ । मुख्य चाँहि छानबिन हो । व्यक्ति विशेषमा हाम्रो ध्यान छैन । तर मुख्य कुरा छानबिनकै हो भन्ने छ । अब यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हिसाबले हिजोको सदन स्थगित भएको हो । सरकारी पक्षका...
माओवादी केन्द्रले आफ्नो माग यथावत् नै राखेको छ : प्रमुख सचेतक हितराज पाण्डे
सोमबार, जेठ १९, २०८२
सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होइन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरूले राखेको विषय यथावत् नै रहेको बताए ।
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
सोमबार, जेठ १९, २०८२
उनले भने, ‘भोलि(मंगलबार)को संसदको अवरोध यथावत् रहन्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको छैन । आम मिडिया र जनसमुदायले भनिरहेको छ । भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ । को संलग्न छ भन्ने कुरा त छानबिनले देखाउँछ । छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष छ ।’
माओवादी केन्द्रको निष्कर्ष - गृहमन्त्रीले राजीनामा दिनुपर्छ
सोमबार, जेठ १२, २०८२
बैठक पश्चात् माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
एमाले गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी प्रवेश
बिहीबार, जेठ ८, २०८२
उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । छन्त्याल नेकपा एमालेबाट विजयी भएर गण्डकी प्रदेश सभा पुगेका थिए ।
रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित
बुधबार, जेठ ७, २०८२
सोही अवसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा एमाले निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रले नै हो : प्रचण्ड
बुधबार, जेठ ७, २०८२
मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरु भएको भन्दै गणतन्त्र धरापमा पार्ने षडयन्त्र भइराखेको बताएका हुन्
तराई मधेस झरेको माओवादी अब पहाड उक्लने
आइतबार, वैशाख २१, २०८२
आइतबार खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए ।
सुशासन र अग्रगामी परिवर्तनको संकल्प नै नया वर्षको शुभकामना : प्रचण्ड (भिडियोसहित)
सोमबार, वैशाख १, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तनको संकल्प र प्रतिबद्धता नै नया वर्षको शुभकामना भएको बताएका छन् ।
पत्रकार रजकको हत्याका विषयमा छानबिन गर्न माओवादीले दबाब दिने
बिहीबार, चैत २८, २०८१
परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र छिटोभन्दा छिटो तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिइरहेको प्रवक्ता सापकोटाले बताए ।
साताको लोकप्रिय

