ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश
शुक्रबार, चैत ८, २०८१
ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
मंगलबार, फागुन १३, २०८१
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ।
तराई–मधेशमा माओवादी जागरण अभियान: ‘जनतासँग टाढा भएका होइनौं, अझ नजिकिँदै छौं’
सोमबार, फागुन १२, २०८१
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’ आजबाट सुरु गरेको छ। अभियानको सुरुआत झापाको कचनकवलबाट हुँदैछ, जहाँ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेतृत्व पुगेको छ।
राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै - सचिव पौडेल (भिडियोसहित)
आइतबार, फागुन ११, २०८१
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै भएको बताएका हुन् ।
प्रचण्डको पूर्वराजालक्षित टिप्पणी- इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वले पुनरागमनको दिवास्वप्न देख्दैछन्
शनिबार, फागुन १०, २०८१
उनले भने- ‘सरकारको पर्फरमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आआफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन्।’
पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी
शुक्रबार, फागुन ९, २०८१
साथै, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले आफूलाई सहयोग गर्न गरेको आह्वानबारे माओवादीले आज पार्टीगत धारणा सार्वजनिक गर्ने एक नेताले बताए । सरकारले ल्याएका अध्यादेशका विषयमा पनि माओवादीले आफ्नो भनाइ सार्वजनिक गर्न लागेको छ ।
तराई–मधेश जनजागरण अभियान सुरू गर्दै माओवादी
बुधबार, फागुन ७, २०८१
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् । माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु हुने हुलाकी राजमार्ग केन्द्रित अभियान कञ्चनपुरमा पुगेर समापन हुने जानकारी दिए ।
माओवादी केन्द्र चौरजहारी नगर समितिका अध्यक्षले दिए राजीनामा (राजीनामा पत्रसहित)
बुधबार, फागुन ७, २०८१
नगर समितिमा मनोनीतको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेको, निर्वाचन आयोगमा उजुरी दिएको र सामाजिक सञ्जालहरूमा समेत नकारात्मक टीकाटिप्पणी गरेकोले राजीनामा दिएको आज उनीहरूले दिएको राजीनामा पत्रमा उल्लेख छ ।
क्रान्तिको उज्यालोमा अस्ताएका नेता पोष्ट बहादुर बोगटीको अविस्मरणीय गाथा
बिहीबार, फागुन १, २०८१
मृत्यु त सबैको हुन्छ, तर बोगटीको गाथा अलग छ। क्रान्तिमा सबै गुमाएर उभिएका उनी पार्टीभित्र स्वच्छ छविका प्रतीक थिए। उनको निधनले एकीकृत माओवादीलाई गहिरो खालीपन दियो । जसको सबैभन्दा ठूलो असर प्रचण्डलाई पर्यो । बोगटीको अभाव सधैं पार्टी र प्रचण्ड दुवैलाई खट्किरहनेछ।
नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक - प्रचण्ड
आइतबार, माघ २७, २०८१
उनले सरकार गठन भएको ६ महिना बित्दा पनि संशोधनको काम अघि नबढ्नुले कांग्रेस–एमालेले सत्ताकै लागि सहमति गरेको पुष्टि हुँदै गएको जिकिर गरे । संविधान परिवर्तनशील र गतिशील भएकाले संशोधन गर्न सकिने उल्लेख गर्दै उनले जनताले पाएको अधिकार खोस्ने गरी हो भने संविधान संशोधनमा कुनै हालतमा सहमत हुन नसकिने बताए ।
०८४ को निर्वाचन माओवादीको पक्षमा आउने - ‘प्रचण्ड’
शनिबार, माघ २६, २०८१
यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उनले यसपटक पुरानो विरासत स्थापित गरेको बताए । अध्यक्ष प्रचण्डले उमेर हद र नेतृत्व दुबैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर पार्टी दृढतापूर्वक लागेको र यसमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्वपूर्ण अभ्यास भएको बताए । यसबाट माओवादीले...
ज्यामिरेमानेमा सरकारविरुद्ध माओवादीको खबरदारी सभा: बस्नेत, सापकोटा र दुलालले गरे सम्बोधन
शनिबार, माघ २६, २०८१
शनिबार ज्यामिरेमानेमा आयोजित इन्द्रावती गाउँपालिकाको तेस्रो सम्मेलन तथा खबरदारी सभलाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले सरकारले विचौलिया र स्वार्थ समूहहरूको लागि काम गरिरहेको बताए । बस्नेतले सरकार यही रवैयाका साथ अगाडि बढे यो सरकारले ठूलो मूल्य चुकाउन पर्ने समेत जिकिर गरे।
प्रचण्डको प्रश्न– भ्रष्टाचारका काण्डहरूको छानबिन कहाँ पुग्यो ?
बिहीबार, माघ २४, २०८१
अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान । अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो । त्यही बिन्दुबाट जनतामा कांग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरु भयो ।’
साताको लोकप्रिय

