३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
मंगलबार, वैशाख ८, २०८३
यसरी महानगरको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।
महानगरपालिका र नेपाल प्रहरी बीचको सम्बन्ध थप बलियो बनाइने
बिहीबार, वैशाख ३, २०८३
छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित महानगरका अधिकारीहरू र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित प्रतिनिधिहरू सहभागी थिए ।
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
सोमबार, चैत २, २०८२
यस फ्यासिलिटीमार्फत सङ्कलित फोहरलाई वर्गीकरण गरी पुनः प्रयोगयोग्य सुक्खा फोहरलाई आय ठेक्कामार्फत बिक्री गर्ने व्यवस्था गरिएको छ । छलफलमा क्षेत्र नम्बर ७ अन्तर्गत वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ समेटिएका छन् ।
धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर
शुक्रबार, फागुन २९, २०८२
पछिल्लो सम्झौताबमोजिम महानगरले वृद्धि गरेको विज्ञापन करको दरमा वार्षिक बुझाउनुपर्ने रकम वृद्धि भएको अनुपातमा थप गरेर विज्ञापन कर बुझाउनुपर्नेमा निर्माण पक्षले कर नबुझाएको वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाले जानकारी दिए ।
गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह
सोमबार, फागुन २५, २०८२
त्यसैगरी, सहकारी ऐन २०७४ को दफा ५० तथा काठमाडौँ महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।
पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर
बिहीबार, कात्तिक २७, २०८२
नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो ।
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत र कालोपत्रे धमाधम
मंगलबार, कात्तिक २५, २०८२
मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।
काठमाडौं महानगरले फिर्ता ल्यायो २०८ रोपनी सार्वजनिक जग्गा
शुक्रबार, असोज ३१, २०८२
सोही नीतिअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेको नगरप्रमुख शाहले बताए ।
काठमाडौं महानगरद्वारा विपद् व्यवस्थापनका लागि विद्यालयहरूलाई निर्देशन
शनिबार, असोज १८, २०८२
विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू (जस्तैः शौचालय, खानेपानी, सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।
३२ नम्बर वडाको सबै सेवा बन्द
सोमबार, भदौ ३०, २०८२
वडा कार्यालयले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ भने सेवाग्राहीहरूलाई यसबाट असुविधा भएकोमा क्षमा प्रकट गरेको छ ।
डेंगुविरुद्ध काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ कार्यक्रम
शुक्रबार, भदौ ६, २०८२
अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू पहिचान गरी फुल र लार्भाहरु नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।
रवीन्द्र ढाटलाई २ लाख र खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११–११ लाखको सम्मान
मंगलबार, साउन २७, २०८२
कार्यक्रममा केसीले थपे,‘महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ र भविष्यमा पनि निरन्तरता दिनेछ ।’
असार ३२ गते काठमाडौं महानगरको बजेट पारित गरिने
आइतबार, असार २९, २०८२
आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले असार ३२ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको जानकारी दिए ।
साताको लोकप्रिय

