डेंगुविरुद्ध काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ कार्यक्रम

काठमाडौं - काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम अन्तर्गत ‘वाक एन्ड एक्ट’ कार्यक्रम सञ्चालन गरेको छ । अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू पहिचान गरी फुल र लार्भाहरु नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।
गत साउन २७ गतेको विभागीय स्तरीय निर्णयअनुसार महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गरिएको उनले बताए । यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ताको शुक्रबार गर्दै आएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ १४:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय