Harsamaya
पूर्व प्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपिठ
पूर्व प्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपिठ प्रतिनिधि सभा सदस्यकै अर्का उम्मेदवार राम नरेश राय यादवले नेता नेपाल विरुद्ध दाबी–विरोध पेस गरेका थिए । उजुरीमा पतञ्जलि योग पीठको जग्गा खरिद–बिक्री प्रकरणमा नेपाल संलग्न रहेको र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनलाई उम्मेदवार बन्न अयोग्य ठहर गर्न माग गरिएको थियो।
नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह
नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह उनले कोही निराशावादीले कम्युनिष्ट पार्टी नै हुँदैन भन्ने भ्रम समेत बाँडेको भन्दै आशावादी भएर अगाडि बढ्न सकिने बताए । उनले पार्टीभित्र सकारात्मक सन्देश मात्र दिने काम गर्नुपर्ने भन्दै पार्टी कमिटीभित्रको कुरा आन्तरिक मामिला बनाउनुपर्ने बताए ।
कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम नआउनु बिडम्वना : अध्यक्ष नेपाल [भिडियो]
कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम नआउनु बिडम्वना : अध्यक्ष नेपाल [भिडियो] त्यस्तै, उनले अहिले देशको सबैभन्दा ठूलो रोग व्यक्तिवाद रहेको पनि धारणा राखे । ‘अहिले भएको सबैभन्दा ठूलो रोग व्यक्तिवादको रोग हो । आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने रोग हो । सामुहिकताको भावनाको अभाव छ । सामुहिक छलफल गरेर निष्कर्षमा पुग्ने भावनाको अभाव हो ,’ उनले भने ।
वामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ [भिडियो]
वामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ [भिडियो] उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ । त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरुलाई वा कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ
विशेष अदालतमा माधव नेपालको बयान सकियो 
विशेष अदालतमा माधव नेपालको बयान सकियो  विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको हो । बयानपछि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरूको लामो पंक्ति तयार भएको छ । 
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायालयप्रति विश्वस्त छु : नेपाल
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायालयप्रति विश्वस्त छु : नेपाल उनले भने, ‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ । हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतङ्कित पनि भएका छन् । पूर्वाग्रह राखेर बसेका छन्, बद्ला भावनाले उनीहरूलाई पोलिराखेको पनि छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ ।...
माधव नेपालको  प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन'
माधव नेपालको प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन' अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्टसमेत पारेका छन् । उनले यसलाइ प्रतिशोधपुर्ण कदम भनेका छन् ।
माधव नेपालको सांसद पद निलम्बन
माधव नेपालको सांसद पद निलम्बन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान अनुसार उनी निलम्बनमा परेका हुन् ।
देशमा राजा ल्याए बर्वाद हुन्छ : अध्यक्ष नेपाल
देशमा राजा ल्याए बर्वाद हुन्छ : अध्यक्ष नेपाल उनले भने,‘चैत्र १५ गते राजावादीहरूले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बर्वाद हुनेवाला छ । अब राजामहाराजाको कुनै काम छैन । अव जनता नै सबैथोक हो । हामी सबैको सामु भनिरहेका छौं । हामी जनताको सेवामा लागिरहेका छौं ।...
Weather Update