Harsamaya
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
राजेश चौधरी ।

रौतहट - मधेश राजनीतिको केन्द्र मानिने रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवार राजेश चौधरी भारी मतान्तरसहित विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तालाई १८ हजार २५३ को फराकिलो मतान्तरले पराजित गरेका हुन्। एमालेका गुप्ताले केवल १० हजार ६९३ मतमा चित्त बुझाउनु पर्यो ।

यो निर्वाचन परिणामले रौतहटको पुरानो राजनीतिक विरासतलाई पूर्णतः उथलपुथल गरिदिएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपाको सह– संयोजक माधवकुमार नेपालले यसपटक अप्रत्याशित हार व्यहोरेका छन्। ’तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका नेपाल ७ हजार ६६९ मत प्राप्त गर्दै चौथो स्थानमा खुम्चिएका छन्।

त्यस्तै, नेपाली कांग्रेसका हेभीवेट नेता अनिलकुमार झा पनि पराजित भएका छन्। उनले ८ हजार ५७४ मत ल्याएर तेस्रो स्थान हासिल गरे। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार योगेन्द्र राय यादवले छाता चिन्हबाट ६ हजार ८४६ मत मात्र प्राप्त गरे।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार रौतहटमा दशकौंदेखि स्थापित पुराना दल र नेताहरूप्रतिको वितृष्णा र ’परिवर्तन’ को चाहनाले गर्दा रास्वपाका नयाँ अनुहार चौधरीलाई मतदाताले रोजेका हुन्।

मधेसमा रास्वपाको यो उदयलाई आगामी राजनीतिको नयाँ संकेतका रूपमा हेरिएको छ। विजयी भएलगत्तै चौधरीले यो जित आफ्नो नभई रौतहटवासीको भएको र अब क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिएका छन् ।

रौतहट - १  मत अपडेट :
राजेश कुमार चौधरी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 28,946 (विजयी)
अजय कुमार गुप्ता (नेकपा_एमाले) = 10,693
अनिल कुमार झा (नेपाली कांग्रेस) = 8,574
माधव कुमार नेपाल (नेपाली कम्युनिष्ट पार्टी) = 7,669
योगेन्द्र राय यादव (जनता समाजवादी पार्टी, नेपाल) = 6,843
देवेन्द्र मिश्र (जनमत पार्टी रौतहट) = 881
त्रिभुवन साह (आम जनता पार्टी_एकल चुनाव चिन्ह)= 751
सुनिल प्रसाद कुसवाह (सार्वभौम नागरिक पार्टी) = 343
संजय कुमार यादव (जन अधिकार पार्टी) = 341
रामकिशोर ठाकुर (स्वतन्त्र) = 229
श्री मदन शाह (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 155
राजाराम मुखिया (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 91
प्रभा कुमारी सिंह (राष्ट्र निर्माण दल नेपाल) = 73
जाजुल देवान (नेपाल संघीय समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 62
श्यामवावु प्रसाद (स्वतन्त्र) = 62
मो तनवीर अखतर मिकरानी (राष्ट्रिय मुक्ति पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 60
उमेश कुमार शाह (उज्यालो नेपाल पार्टी) = 58
रंजित कुमार पटेल (जय मातृभूमि पार्टी) = 29
बैद्यनाथ प्रसाद चौधरी (नेपाल मजदुर किसान पार्टी) = 22
संजय कुमार यादव (नेपाली जनता दल) = 22
सरोज कुमार कुशवाहा (स्वतन्त्र) = 21
संजीव कुमार यादव  (स्वतन्त्र) = 17
रामकृत साह (स्वतन्त्र) = 15
अभिषेक मिश्र (स्वतन्त्र) = 12
अमृता कुमारी यादव (स्वतन्त्र) = 12
लक्ष्मेश्वर नारायण साह (स्वतन्त्र) = 10
दिनेश राय (स्वतन्त्र) = 9
राजु कुमार मुखिया (स्वतन्त्र) = 8
राम सेवक राय (स्वतन्त्र) = 7
मृणाल कुमार शाह (स्वतन्त्र) = 7
राधेश्याम साह तेली (स्वतन्त्र) = 5
रामानन्द शर्मा (स्वतन्त्र) = 5
बिबेक चौधरी (स्वतन्त्र) = 5
राम नरेश राय यादव (स्वतन्त्र) = 4
ईन्दु देवी गुप्ता (स्वतन्त्र) = 3
शम्भु प्रसाद (स्वतन्त्र) = 3
रवि अर्चनम् वर्मा (स्वतन्त्र) = 1
मुनिन्द्र कुमार ठाकुर (स्वतन्त्र) = 1
दिनेश कुमार यादव (स्वतन्त्र) = 1

जम्मा मतदाता : १,०८,७२६ [६०२६९ पुरुष र ४८४५७ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update