Harsamaya
माधव नेपालको  प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन'
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।

रौतहट - पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्टसमेत पारेका छन् । उनले यसलाइ प्रतिशोधपुर्ण कदम भनेका छन् ।

बिहीबार गृह जिल्ला रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफू विरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोपसमेत लगाए।

‘मैले कुनै पनि अनुचित काम गरेको छैन र मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ,’ उनले भने, ‘न्यायभन्दा ठूलो कुरो केही हुँदैन, सत्यभन्दा ठूलो कुरो केही हुँदैन।’ 

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update