Harsamaya
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल आइतबार आयोजित छलफलमा उनले भनिन्, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो परिस्थितिमा किशोरी तथा महिलाले चरम दुव्र्यवहार भोग्नुपरेको छ। यी समस्यामा तत्काल सुधार नगरी हुँदैन।’
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । 
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला अदालतले थप २० मिटर क्षेत्रलाई स्वतः निर्माण निषेधित क्षेत्र घोषणा गर्ने र त्यसभित्र नक्सा पास रोक्ने व्यवस्था कानून र न्यायको रोहमा नमिल्ने ठहर गरेको हो ।
हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ४५ लाखमा ५४ घरको अग्रमोहडा सुधार हुँदै
हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ४५ लाखमा ५४ घरको अग्रमोहडा सुधार हुँदै काठमाडौं महानगरपालिकाले आधुनिक निर्माणका कारण हराउँदै गएको हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक पहिचान पुनःस्थापना गर्न ठूलो अभियान सुरु गरेको छ । 
सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान 
सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान  आज महानगरपालिकाको सभा कक्षमा भएको विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सुशासन समितिका संयोजक ख्यामराज तिवारीको रोहवरमा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। त्यस अवसरमा विषयगत समितिका संयोजक, वडाध्यक्षहरू, विभागीय प्रमुखहरू उपस्थित रहेका थिए।
उपप्रमुख डङ्गोल भन्छिन्: हेरचाहलाई नमुना सेवाका रूपमा प्रारम्भ गर्ने योजना छ
उपप्रमुख डङ्गोल भन्छिन्: हेरचाहलाई नमुना सेवाका रूपमा प्रारम्भ गर्ने योजना छ केन्द्रका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भनिन्,‘यस प्रकारको सेवा नयाँ हो । नयाँ काम गर्दा यसका प्रभाव मूल्याङ्कन गर्दै जानुपर्छ । प्रारम्भ गरिएका केन्द्रहरूको प्रभावकारिताका आधारमा सेवा थप गर्ने वा नगर्ने निर्णय गर्न हुनेछ ।’
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हुँदै
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हुँदै मेलामा काठमाडौँ महानगरभित्रका ३२ वटै वडाबाट कम्तीमा एक/एक वटा स्थानीय रैथाने खाद्यसम्बन्धी स्थल रहने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पोषण र जीवनशैली सर्वेक्षण सुरु 
महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पोषण र जीवनशैली सर्वेक्षण सुरु  सर्वेक्षणमा उचाइका आधारमा तौल (वीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (वायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर बडी फ्याट, भीसेरल फ्याट इन्डेक्स, फ्याट फ्री मास, टोटल बडी वाटरको प्रोफाइल तयार पारिन्छ । 
काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा 
काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा  काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ । 
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत 
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत  ३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना गर्दा २०८०÷०८१ मा १२.९ प्रतिशत, २०८१÷०८२ मा १२.३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिन्छ । 
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन गर्यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन गर्यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो ।
३ महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न
३ महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न लामिछानेका अनुसार गएको वर्ष (आ. व. २०८१÷०८२) मा महानगरपालिकाले ३ हजार ७६८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्ग्याएको थियो । यसमा विभागले १ हजार २७२ वटा प्लिन्थ लेभल सम्मको इजाजत पत्र दिएको थियो ।
Weather Update