Harsamaya
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हुँदै

काठमाडौं -  काठमाडौं महानगरपालिकाको ‘रैथाने मौलिक खाद्य मेला’२०८२ आज सुरु हुँदै छ । महानगरपालिकाको स्थापना दिवसको पूर्व सन्ध्यामा आज स्वादमा एकता, थालमा विविधता भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागेको हो ।

स्थानीय पहिचान प्रवर्द्धन र संरक्षण हुने गरी स्वच्छ खानपान र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकै ठाउँमा जोड्न मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ । उक्त मेला नक्सालस्थित नन्द किशोर बगैँचा (नारायण चौर) मा सञ्चालन हुनेछ ।

मेलामा काठमाडौँ महानगरभित्रका ३२ वटै वडाबाट कम्तीमा एक/एक वटा स्थानीय रैथाने खाद्यसम्बन्धी स्थल रहने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update