एसियन कप छनोटमा नेपालको विजयी सुरुवात
सोमबार, असार १६, २०८२
एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि
आइतबार, असार १५, २०८२
अल्ट्रा रनर रसिला तामाङले माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् ।
इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य
आइतबार, असार १५, २०८२
यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२० रनको विशाल लक्ष्य दिएको छ ।
एसीसी यु–१६ : टस हारेर नेपालले इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै
आइतबार, असार १५, २०८२
यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफलाई
आइतबार, असार १५, २०८२
फाइनलमा आर्मीमाथि एपीएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात् यो नै ह्यान्डबलको सबैभन्दा ठुलो प्रतियोगिता हो । उपाधिसँगै एपीएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
महिला ह्याण्डबलको उपाधि एपिएफलाई
शनिबार, असार १४, २०८२
गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए ।
वडा नं. ५ ले जित्यो दोस्रो वडाध्यक्ष कप रनिङ शिल्डको उपाधि
शनिबार, असार १४, २०८२
समापन समारोहमा प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी टिमहरूलाई पुरस्कार वितरण गर्दै खेलकुदको विकासका लागि विकासवादी सोच अपरिहार्य भएको धारणा व्यक्त गरे।
मधेश प्रदेशलाई हराउँदै सुदूरपश्चिमले जित्यो राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि
शनिबार, असार १४, २०८२
विजेता सुदूरपश्चिमको खेलाडीहरूलाई मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रंजित कुमार यादवले ट्रफी हस्तान्तरण गर्नुका साथै खेलाडीहरूलाई मेडल प्रदान गरेका थिए ।
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङ्स कलेजलाई
शनिबार, असार १४, २०८२
सेमिफाइनल प्रवेश गरेका ४ टोलि मध्य टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा ४–३ ले र किङ्स कलेजले एन सि अम टि कलेजलाई ३–० ले हराउँदै फाइनल प्रवेश गरेका थिए। तृतीय स्थान भने ग्लोबल कलेजले १–० ले एनसिएमटि कलेजलाई हराउँदै पक्का बनायो ।
वडाध्यक्ष कप भलिबलको फाइनलमा वडा नम्बर ४ र ५ भिड्ने
शुक्रबार, असार १३, २०८२
आज सम्पन्न सेमिफाइनल खेलमा वडा ४ ले आयोजक टिम वडा ७ ‘बी’ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। अर्को सेमिफाइनलमा वडा ५ ‘ए’ ले वडा १२ लाई पराजित गर्दै उपाधि नजिक पुगेको छ।
फिफा क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको जित
शुक्रबार, असार १३, २०८२
खेलको सुरुआती मिनेटमै तीव्र गतिमा आक्रमण गरेको सिटीले ९औँ मिनेटमा जेरेमी डोकुको गोलमार्फत अग्रता लिएको थियो । तर त्यो खुसी लामो समय टिक्न सकेन । गोलकिपर एडरसनको गल्ती पछि युभेन्ट्सका टिर्याप कोप मेरिनेसले ११औँ मिनेटमै बराबरी गोल फर्काउँदै खेलमा रोमाञ्चकता थपे ।
सिपापोखरेमा दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल सम्पन्न
बिहीबार, असार १२, २०८२
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
रामेछापमा सुरु भयो तीन जिल्लाका भलिबल प्रशिक्षकहरूको आधारभूत तालिम
बिहीबार, असार १२, २०८२
जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सञ्चालित तालिममा जम्मा ३३ जना प्रशिक्षार्थी सहभागी छन् । प्रशिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा खेलकुदको पहुँच विस्तार गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।
साताको लोकप्रिय

