Harsamaya
एसिया कप : आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

काठमाडौं -  एसिया कप क्रिकेटमा आज आइतबार भारत र पाकिस्तान भिड्दै छन् ।खेल आइतबार राति ८ः१५ बजे युएईमा सुरु हुँदै छ । समूह चरणमा एक एक खेल खेलिसकेका भारत र पाकिस्तानले दुई दुई अङ्क बनाउन सफल भएका छन् ।

समान अङ्क भए पनि समूह ‘ए’मा रन रेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा युएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो । एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update