Harsamaya
एभरेष्ट महिला भलिबल लिग : उद्घाटन खेलमा कर्णाली यशविसले विजयी 
पोखरा निन्जाज र कर्णाली यशविसका खेलाडीहरू ।

पोखरा - दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा कर्णाली यशविसले विजयी हासिल गरेको छ ।  

शुक्रबार पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा पोखरा निन्जाजलाई  पराजित गर्दै कर्णाली यशविसले पहिलो जित हासिल गरेको हो । 

कर्णालीले पहिलो सेटमा २५–२१ , दोस्रो सेटमा २५– २० र तेस्रो सेटमा २५–१४ ले पोखरालाई हराएको थियो । आजै भएको अर्को खेलमा ललितपुर क्विन्स र मधेस युनाईटेड खेलेका छन्।

शनिबार पोखराले मधेस यूनाइटेडसँग खेल्दैँछ । कर्णाली यशविसले भने लुम्बिनी लाभाजसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

यहि भदौ २० देखि २८ गते सम्म पोखरामा हुने एभरेष्ट महिला भलिबल प्रतियोगिताको पूर्व सन्ध्यामा टिम धनराज  र टिम राजेशका बीच हुने मैत्रीपूर्ण खेलको शुभारम्भ हुने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update