Harsamaya
काष्ठमण्डप कप मंगलबारदेखि हुँदै
बास्केटबल प्रतियोगिता।

काठमाडौं - काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलको प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

बास्केटबल र फुटसलमा विभिन्न विद्यालयका ४९ टिम सहभागी हुने छन्। बास्केटबलको सिनियर ब्वाइजमा र गल्र्समा समान १२-१२ टिम सहभागी हुने आयोजक काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।

फुटसलको सिनियर ब्वाइजमा १०, जुनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ६ टिमको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको हातामा भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update