Harsamaya
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी
दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा ।

काठमाडौं - आज दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।

शनिबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र बंगलादेशले कुनै गोल गर्न नसकेका हुन् ।

खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरेपनि दुवै टोली फिनिसिङमा कमजोर देखिएका छन् ।

अब यि दुई टोलीबीचको दोस्रो खेल मंगलबार हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update