Harsamaya
एएफसी यू–२३ एसियन कप छनोट ः पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित
एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित।

काठमाडौं - एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ ।

बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४-० गोलअन्तरले पराजित भएको हो।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक–एक गोल गरेका थिए।

समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update