पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन
मंगलबार, पुस १६, २०८१
पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन् ।
कास्की जिल्ला टेनिस सङ्घद्वारा यही पुस ११ गतेदेखि सुरू भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरूष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१ र ६–१ अङ्कले पराजित गरे ।
यसअघि सोमबार सम्पन्न सेमिफाइनलमा नेपालका शीर्ष बरियताका प्रदिप खड्कालाई २–१ सेटमा पराजित गरी आरवले फाइनलमा प्रनवसँगको भेट पक्का गरेका थिए । प्रनवले भने सेमिफाइनलमा निशान श्रेष्ठलाई ६–१ र ६–१ अङ्कले हराएका थिए ।

गैँडाकोट हाफ म्याराथनको उपाधि आर्मीका धावकलाई
सोमबार, पुस १५, २०८१
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालन भएको ‘गैँडाकोट हाफ म्याराथन–२०२४’ को उपाधि आर्मीका धावकले जितेका छन् ।
आज भएको प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी एक घण्टा १६ मिनेट आठ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबका धावक मुकेशबहादुर पाल प्रथम भएका हुन् ।
प्रथम भएका पालले नगर रू एक लाख पुरस्कार प्राप्त गरेका...
-1735295186.png)
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
शुक्रबार, पुस १२, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्।
बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन्। जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो।
-1735203887.png)
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
बिहीबार, पुस ११, २०८१
भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १ देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
साताको लोकप्रिय