पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन
शुक्रबार, पुस १९, २०८१
यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु सात करोडभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय संकलन गरेको हो ।
कार्यालयका अनुसार यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार नौ सय, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी रु एक करोड ४९ लाख एक हजार सात सय ५०, सवारीसाधन कर रु पाँच करोड ७० लाख ५५ हजार एक सय ६० र सवारी आयकर रु २७ लाख ७२ हजार तीन सय ७५ संकलन भएको हो ।

बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
शुक्रबार, पुस १९, २०८१
जिल्लाको मष्टा गाउँपालिका- १ कोटदेवलमा जीप दुर्घटना एकजनाको मृत्यु भएको छ । जीप चालक मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप भातेखोलाबाट रनाडा जाने क्रममा मष्टा गाउँपालिका-१ कोटदेवलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जीप...

मुगुमा भूकम्प
शुक्रबार, पुस १९, २०८१
मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सुनको मूल्य तोलमा दुई हजारले बढ्यो
शुक्रबार, पुस १९, २०८१
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो ।
बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी...
-1735887097.png)
एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने
शुक्रबार, पुस १९, २०८१
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले रु ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले...

आजको राशिफल: कोहीको सपना पुरा हुने, कोहीलाई नयाँ अवसर आउने
शुक्रबार, पुस १९, २०८१
आज २०८१ पुस १९ गते शुक्रबार, दिन तपाईको लागि कस्तो छ? कसैका अधुरा काम पूरा हुनेछन् भने कसैका लागि नयाँ चुनौती आउनेछन्। ग्रहहरूको चालले तपाईंको भाग्यलाई कसरी प्रभावित पार्नेछ? आजको राशिफल यहाँ प्रस्तुत छ:

सूर्यदर्शन सहकारी ठगी मुद्दा: पहिलो दिनको जाहेरीवालाको बहस सकियो
बिहीबार, पुस १८, २०८१
सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट सुरु भएको जाहेरीवालाको बयान आज सकिएको छ ।
हिजोसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजबाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले भोलि पनि जारी रहनेछ ।
आज जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम,...

रविसहितलाई प्रतिवादी बनाएर काठमाडौँ प्रहरीले बुझायो प्रतिवेदन
बिहीबार, पुस १८, २०८१
कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतका विरुद्धमा अदालतमा बहस चलिरहँदा काठमाडौंमा पनि मुद्दा प्रकिया अघि बढ्ने भएको छ ।
कालिमाटी, काठमाडौंस्थित रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे लामिछानेसहित अन्य आरोपी माथिको अनुसन्धान सकेर प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।

बालगायक सचिन परियारको दुःखद निधन
बिहीबार, पुस १८, २०८१
चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।
१५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया...

प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घट्योः मेयर शाह
बिहीबार, पुस १८, २०८१
काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरेका छन् ।
‘क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने, ‘पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो, यसबाट महानगरपालिकाले वार्षिक २३ लाख...
नेपालयको २० वर्षे उपलक्ष्यमा '२०२५ मा २५ का २५' कार्यक्रम घोषणा
बुधबार, पुस १७, २०८१
‘पल्पसा क्याफे’ उपन्यासमार्फत प्रकाशन फाँटमा उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ । नयाँवर्ष २०२५ को अवसरमा विज्ञप्ति जारी गर्दै प्रकाशन गृहले ‘२०२५ मा २५ का २५’ कार्यक्रम घोषणा गरेको छ ।
जसअनुसार, २५ वर्षभन्दा कम उमेरका नेपाली तन्नेरीको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने जनाइएको छ । जसमा कथा,...

तरकारी र फलफूलको मूल्य निर्धारण: कति पर्छ प्रतिकिलो?
बुधबार, पुस १७, २०८१
कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु...

सर्लाहीमा बसको ठक्करले सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो
बुधबार, पुस १७, २०८१
सर्लाहीमा तीव्र गतिमा रहेको बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बीओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस बजारिँदा उनको मृत्यु भएको हो।
साताको लोकप्रिय